arrow

सरिता गिरीलाई कार्वाही

logo
प्रकाशित २०७७ असार २३ मंगलबार
Sarita-Giri.jpg

काठमाडौं । समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ । सो पार्टीको मंगलबार बसेको पदाधिकारी बैठकले गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो ।

समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले नेत्री गिरीलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएको जानकारी दिए ।

पार्टीका महासचिव रामशाहप्रसाद यादवको संयोजकत्वमा गठित कार्यदलको प्रतिवेदनअनुरुप सांसद गिरीलाई कार्वाही गरिएको हो । कार्यदलले गिरीलाई कार्वाही गर्न सिफारिससहित मंगलबारै पार्टीलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । पार्टी ह्विप उल्लङ्घन गरेको आरोपमा गिरीलाई कार्वाहीका लागि पार्टीले कार्यदल बनाएको थियो । कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य छन् । 

गिरीले लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा संविधानमा राख्ने संविधान संशोधन प्रस्तावमाथि असहमति राखेकी थिइन्।

 लिपुलेक, लिम्पियाधुरा समेटिएको नेपालको नक्सा सहितको निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा गिरीले पार्टी ह्विप उल्लङ्घन गरेकी थिइन् । गत जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो ।

 समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ