arrow

अग्रपंक्तिमा खटिनेलाई रेडक्रसद्वारा साढे दुई करोड बढीको स्वास्थ्य सामग्री 

logo
प्रकाशित २०७७ असार २४ बुधबार
health-materials.jpg

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले विभिन्न जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ‘कोभिड १९ रेस्पोन्स प्रतिकार्य तथा पूर्व तयारी कार्यक्रम’ अन्तर्गत दि कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा रेडक्रसले पूर्वी नेपालका विभिन्न जिल्लामा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको रेडक्रस केन्द्रीय कार्यालयका प्रवर्दन अधिकृत राजु राउतले बताए । 

अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, रक्तसञ्चारकर्मी, क्वारेन्टिन र हेल्थडेस्कमा खटिने स्वयम् सेवकहरुलाई उपयोगी व्यक्तिगत सुरक्षा सामग्री विभिन्न जिल्लाका रेडक्रस शाखालाई हस्तान्तरण गरिएको हो ।

असार १६ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई  रेडक्रसका अध्यक्ष संजीव थापाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेर यो कार्यक्रमको सुरुवात भएको थियो । 

उक्त सामग्री सरकारले सोही दिन काठमाडौंको शुक्रराज ट्रपिकल अस्पतलका निर्देशक डा सागरकुमार राजभण्डारीलाई हस्तान्तरण गरेका थिए । 

दि कोकाकोला फाउन्डेसनले सहयोग गरेको कुल दुई करोड ५७ लाख ७ हजार ७० रुपैयाँ मुल्य बराबरको सहयोगबाट स्वास्थ्य सामग्री रेडक्रसले सातै प्रदेशका प्रमुख अस्पताल र रेडक्रसका देशैभरका जिल्ला शाखालाई हस्तान्तरण गर्न दुईवटा टिम परिचालन गरेको छ । 

यस क्रममा सोमबार काठमाडौंबाट पूर्वका लागि हिँडेको रेडक्रसकर्मीको टोलीले सिन्धुली, धनुषा, सिराहा, उदयपुर, सप्तरी, मोरङ, कोशी प्रादेशिक अस्पताल मोरङ, सुनसरी र झापासम्म सामग्री हस्तान्तरण गरेको रेडक्रसका प्रवद्र्धन अधिकृत राजु राउतले बताए ।  

त्यस्तैगरी गण्डकी प्रदेश अन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्की, बागलुङ, पर्वत, स्याङ्जा, मुस्ताङ, म्याग्दी र तनहुँ रेडक्रसका अग्रपंक्तिमा खटिने एम्बुलेन्स ड्राइभर र रक्तसञ्चारकर्मीका लागि सामग्री वितरण गरिएको छ । 

यी जिल्लाहरुमा ४७२ वटा एन ९५ मास्क, २९९ जोर प्रोटेक्टिभ बुट, १७ सय ४० पिस सेनिटाइजर, २९० जार (५ लि) क्लोरिन हाइपोक्लोराइड र १० हजार ८५६ थान साबुन वितरण गरिएको जानकारी रेडक्रसका सञ्चार विभाग निर्देशक दिव्यराज पौडेलले दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ