arrow

सुरक्षा र परराष्ट्र नीति भारतलाई जिम्मा लगाउनु पर्छ भन्ने ओली कसरी राष्ट्रवादी ?

logo
प्रकाशित २०७७ असार २४ बुधबार
congress-bp.jpg

काठमाडौं । नेपाली काँग्रेस विपीले लिम्पियाधुरासम्मको नक्सा सार्वजनिक गरिनु स्वागतयोग्य भएको बताएको छ । नक्सा सार्वजनिक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादीको बिल्ला भिरेकोमा भने प्रश्न उठाएको छ । 

२०६४ सालमा गिरिजाप्रसाद कोइरालाको मन्त्रीमण्डलमा परराष्ट्रमन्त्री रहेका बेलामा नेपालको सुरक्षा र परराष्ट्र नीति भारतलाई जिम्मा लगाउन प्रस्ताव लगेको कुरा अमिक शेरचनले खुलासा गरेको भन्दै परराष्ट्रमन्त्री हुँदा त्यसो भन्ने व्यक्ति प्रधानमन्त्री भएपछि कसरी राष्ट्रवादी भए शंका लाग्छ भन्दै प्रश्न उठाएको छ ।

पार्टीले आफ्नो केन्द्रिय कार्यालयमा महामन्त्री सुशीलमान सेरचनको संयोजकमा मंगलबार पत्रकार सम्मेलन गरी उक्त विचार सार्वजनिक गरेको हो ।

पार्टीले विश्वले अस्वीकार गरेको कोरोना भाइरसको परीक्षण आर डि टि बन्द गर्न र पिसिआरलाई तिव्रता दिन, एमसिसि सम्झौतामा रहेको राष्ट्रघाती बुँदा संसोधन गर्न तथा कुटनैतिक मर्यादा विपरीत भएको सम्झौतालाई कुटनैतिक मर्यादा अनुसार सम्झौता गर्न पनि माग गरेको छ । भ्रस्टाचार र अनियमित बन्द गर्न क्वारेन्टिनलाई व्यस्थित गर्न पनि माग गरेको छ ।

पार्टीले भ्रष्टाचार, अनियमितता, राष्ट्रघाती कदमका विरुद्ध पटकपटक सरकारलाई सचेत गराउँदै सरकार र प्रतिपक्ष दल हातेमालो गरेर अगाडि बढेको भन्दै जनतालाई सचेतना जगाउँदै उपत्यकाको विभिन्न स्थानमा कोणसभा गर्दै असार १७ गते निःशेधित क्षेत्र वानेश्वर चोकमा प्रधानमन्त्री ओली र प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको संयुक्त पुत्ला दहन गर्दै पहिलो चरणको आन्दोलन समाप्त भएको र दोस्रो चरणको आन्दोलन घोषणा गर्ने पनि बताएको छ ।

पार्टीले अहिले आफ्नो संगठन २५ जिल्लामा रहेको र कोरोना जोखिम कम भए पछि थप १८ जिल्ला विस्तार हुने पनि जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ