arrow

ओलीको समर्थन गर्दै इलाममा प्रदर्शन, प्रधानमन्त्रीबाट हटाउने खेल बन्द गर्न आग्रह

logo
प्रकाशित २०७७ असार २४ बुधबार
oli-Ilam.jpg

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षमा इलाम बजारमा बुधबार जनप्रदर्शन गरिएको छ ।  अनेरास्ववियु इलामको अगुवाइमा भएको जनप्रदर्शनमा प्रधानमन्त्रीका पक्षमा नारा लगाइएको थियो ।

 ‘आज हैन भोलिलाई, अबको पाँच वर्ष ओलीलाई’ भन्ने नारासहित प्लेकार्ड बोकेका युवाहरुले इलामको ठूलो टुँडिखेलबाट निकालिएको र्‍याली बजार परिक्रमा गरी चोक बजारमा कोणसभामा परिणत भएको थियो । 

प्रदर्शनमा भेला भएका युवाले अहिलेको समय प्रधानमन्त्री फेर्ने नभएको जनाउँदै सरकार परिवर्तन गर्ने खेल बन्द गर्न नेकपाका नेतृत्वलाई आग्रह गरे । 

नेकपाको स्थायी कमिटीको बैठकमा राजीनामा गराउन माग उठेसँगै प्रधानमन्त्री ओलीका समर्थनमा स्वतस्फूर्तरुपमा सडकमा आएका युवाले जनताको अभिमतको मान्न आग्रह गरे । 

सो अवसरमा अशोेक खतिवडाले प्रधानमन्त्री ओलीको राजीनामा माग्न छाडेर कोरोनाविरुद्धको लडाइँमा सबै ऐक्यबद्ध हुनुपर्ने धारणा व्यक्त गरे । खेमसागर खनालले देश विकास, रोजगारीको अवसर, समतामूलक समाज निर्माण गर्न पनि हरेक सरकार पाँच वर्ष चल्नुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ