arrow

रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा

logo
प्रकाशित २०७७ असार २४ बुधबार
rato-machhendranath.JPG

रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा हुने भएको छ । गुठी संस्थान कार्यालय ललितपुरले बुधबार एक सूचना प्रकाशन गरी ‘वर्षा र सहकालका देवता’ बुङ्गद्योको रथारोहण अर्को साइतमा हुने जनाएको हो । 

संस्थान कार्यालय प्रमुख राजन भुजुद्वारा  बुधबार हस्ताक्षरित पत्रमा “गुठी संस्थान शाखा कार्यालय ललितपुरबाट मिति २०७७ ।३।२३ गते सरोकारवालालाई प्रेषित पत्रमा अन्यथा हुन गएकोमा सच्याइएको छ”,  भनिएको छ ।  संस्थानले उक्त पत्रमा रातो मच्छिन्द्रनाथको रथारोहण अर्को साइतमा हुने व्यहोरा सरोकार पक्ष सबैमा जानकारीका लागि अनुरोध गरिएको भनी सूचना दिएको छ । 

यसअघि रथारोहण साइत बुधबारका लागि तोकिएकामा देशको समय र परिस्थितिका कारण मङ्गलबार नै स्थगन भएको सूचना दिई कार्यक्रम रोकिएको थियो ।  हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । मच्छिन्द्रनाथ रथयात्रा र भोटोजात्रा काठमाडौँ उपत्यकाकै लामो जात्राका रुपमा लिइन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ