arrow

भारतीय न्यूज च्यानलहरुबिरुद्ध सरकारको सर्जिकल स्ट्राइक, नेपालमा हेर्न नमिल्ने

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार २५ बिहिबार
indian-channel.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदुत होउ यान्छीको बिषयमा प्रसारित आपत्तीजनक बिषय प्रसारण भएपछि रुष्ट रहेको सरकारले सबै भारतीय न्यूज च्यानहरु बिरुद्ध सर्जिकल स्ट्राइक गरि बन्द गराएको छ। सरकारको कदमपछि अब नेपालमा भारतीय न्यूज च्यानलहरु टेलिभिजनमा हेर्न पाइने छैन। 

सरकारको निर्देशन पछि विदेशी च्यानल वितरकहरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् ।

वितरकहरुले बिहीबार साँझदेखि सरकारी समाचार संस्था दूरदर्शन र नीजि क्षेत्रको टाइम्स नाउ बाहेक सबै भारतीय न्युज च्यानलको प्रसारण रोकेको हुन ।

भारतीय टिभी च्यानलहरुले नेपालका बारेमा अतिरञ्जित र अनर्गल प्रचार गरिरहेपछि भारतीय न्यूज च्यानलहरु बन्द गराउन विभिन्न तप्काबाट दवाव परेको थियो। 

भारतीय च्यानलहरुको आक्रामक प्रस्तुती पछि नेपालको प्रतिक्रियाले दुई देशबीचको सम्वन्ध अझ ध्रुविकरण हुनेतर्फ अघी बढेको देखिएको छ। 

बिहिवार मात्रै नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले एक विज्ञप्ती निकाली अनर्गल प्रचार गर्ने भातय च्यानहरु बन्द गर्ने माग गरेका थिए। प्रेस संगठनका संयोजक महेश्वर दाहाल र सहसंयोजक गणेश बस्नेतले पनि भारतीय न्यूज च्यानलहरु बन्द गराउन माग गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ