नवलपरासीमा माछा मार्न गएका दुई युवालाई खोलाले बगाएर गयो ज्यान
रबिन्द्र यादव,
प्रकाशित २०७७ असार २६ शुक्रबार
869
Shares
नवलपरासी पश्चिम । नवलपरासी पश्चिमको बर्दघाट नगरपालिकाका तिन जनाले खहरे खोलामा माछा मार्न गएकामा दुई जनालाई खोलाले बगाएर मृत्यु भएको छ । शुक्रवार दिउसो बर्दघाट नगरपालिका वडा नम्बर १५ का २० वर्षका सुधिर विक र सोही ठाउँ बस्ने १८ वर्षका प्रबिण विकको खोलामा माछामार्न जादा बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी राजु लामाका अनुसार घर नजिकैको बनकट्टी स्थित खहरे खोलामा माछा मार्न जाँदा बगेका डुबेका प्रविण विकलाई बचाउन जादा सुधिर बिकको समेत ज्यान गएको हो ।
उनिहरुसंगै गएका छिमेकी सोहन सुनारले आफ्ना दुबै साथि खोलामा बगेपछि गाउँमापुगि खबर गरेका थिए । दुबै जनाको शब निकालेर मुचुल्का उठाई पोस्टमार्टमका लागि पृथ्वी चन्द्र परासीको जिल्ला अस्पताल पठाउने तयारी भइरहेको लामाले जानकारी दिए ।