arrow

त्रिवि सुधारका माग गर्दै नेविसंघले बुझायो २० सुत्रीय ज्ञापन पत्र   

logo
प्रकाशित २०७७ असार २६ शुक्रबार
nsu-tu.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय भित्र बढ्दो वेथितिहरु अन्त्य गर्न माग गर्दै  उपकुलपतिलाई २० सुत्रीय ज्ञापन पत्र बुझएको छ । अध्यक्ष राजीव ढुंगानको नेतृत्वमा नेविसंघ केन्द्रीय समितिले त्रिभुवन विश्वविद्यालयमा पुगि उपकुलपतिलाई ज्ञापन पत्र बुझाएको हो ।

त्रिविलाई सत्तारुढ पार्टीको भर्ती केन्द्रका रुपमा रुपान्तरण गर्ने खुल्ला प्रयास हुन थालेको नेविसंघले आरोप लगाएको छ । शैक्षिक सवाल र विद्यार्थी हक हितसंग सम्बन्धित महत्त्वपूर्ण विषयलाई लिएर  ज्ञापन पत्र बुझाइएको महामन्त्री दिपक भट्टाईले बताए । त्रिवि सुधारका कदमहरु नचाले कडा आन्दोलन गर्ने नेविसंघले चेतावनी दिएको छ ।

ज्ञापन पत्र
श्रीमान् उपकुलपति ज्यू,
त्रिभुवन विश्वविद्यालय
किर्तिपुर, काठमाडौ।
बिषय : ज्ञापन पत्र
मुलुकको सवै भन्दा पुरानो एव सबै भन्दा बढि विद्यार्थी अध्ययन गर्ने विश्व विद्यालयका रुपमा मात्र हैन, नेपाली विद्यार्थीहरुको आशा र भरोशाको केन्द्रका रुपमा स्थापित त्रिभुवन विश्वविद्यालयको नेपाली समाजमा छट्टै विशिष्ट पहिचान छ । त्रिविको मर्यादा र गरिमा अझ उच्च बनाएर लैजान प्राध्यापक, विद्यार्थी, कर्मचारी लगायत सबै सरोकारवालाहरुले जिम्मेवारपूर्ण ढङ्गले आफ्नो भूमि निर्वाह गर्न जरुरी छ । तर त्रि.वि. को वर्तमान नेतृत्व त्रि वि लाई सही दिशामा अघि बढाउन लागि परेको हामीले महशुस गरी रहेका छैनौं । त्रि.वि. भित्र वेथितिहरु बढ्दो छ । त्रिवि लाई सत्तारुढ पार्टीको भर्ती केन्द्रका रुपमा रुपान्तरण गर्ने खुल्ला प्रयास हुन थालेको प्रष्ट देखिन थालेको छ । अत : त्रिवि भित्रका सवै वैथितिहरुको अन्त्य गर्न र प्राज्ञिक मर्यादा कायम राख्दै, उच्च शिक्षाको गुणस्तर अझ वृद्धि गर्न त्रि.वि नेतृत्वको अर्जुन दृष्टि पुगोस् भन्दै उल्लेखित विषयहरुसहित २० सुत्रीय ज्ञापन पत्र बुझएका छौ । शैक्षिक सवाल र विद्यार्थी हक हित संग सम्बन्धित हाम्रा महत्त्वपूर्ण विषयलाई गम्भिर रुपमा लिदै तत्काल सुधारका कदमहरु नचाले कडा आन्दोलन गर्न वाध्य हुनेछौ ।

१. विश्वविद्यालयका पदाधिकारी तथा अन्य महत्वपूर्ण प्राज्ञिक नेतृत्वको छनौट एवं नियुक्ति गर्दा निश्चित एवं पारदर्शी मापदण्ड अपनाइयोस । वरिष्ठता, जेष्ठता एवं कार्य क्षमतालाई आधार नवनाई विश्व विद्यालयलाई सत्तारुढ पार्टीको कार्यकर्ता भर्ती केन्द्र बनाउने कार्य तुरन्त वन्द गरियोस्।
२. सबै अवाञ्छित नियुक्तिहरु वदर गरियोस ।

३. शैक्षिक क्षेत्रमा व्याप्त बेथिति अन्त्य गर्न राजनैतिक हस्तक्षेप र भागवण्डा बन्द गर्दै स्वच्छ, मर्यादित र प्राज्ञिक वातावरण कायम गरियोस ।

४. ने.वि.संघ र त्रि.वि. विच विभिन्न सम्मामा भएका सहमतिहरुको पूर्णरुपमा पालना गरियोस ।

५. त्रि.वि.को गौरवमय अङ्ग त्रि.वि शिक्षण अमाललाई कोरोनाको कारण देखाई अन्य विरामीहरुलाई उपचार पाउनबाट बञ्चीत गरिएकोमा, नियमित सेवा तुरुन्त सुचारु गरियोस् ।

६. त्रि.वि. शिक्षण अस्पतालमा विद्यार्थीको अध्ययन, अध्यापन र सिकाई प्रक्रिया संग जोडिएको अत्यन्तै संवेदनशील नाक, कान, घाटी तथा हाड जोनीको अवरुद्ध उपचार तुरुन्त सुचारु गरियोस ।

७. शैक्षिक सत्र (Academic year) नियमित राख्न तथा यसको अवधि निर्धारण गर्न त्रि.वि. को योजना तथा अवधारणा तुरुन्त सार्वजनिक गरियोस् ।

८. त्रि.वि. अन्तर्गतका सवै संकायका वार्षिक एवं सेमेस्टर प्रणालीमा संचालित शैक्षिक कार्यक्रमको परिक्षा संचालन र नतिजा प्रकाशन सम्बन्धमा अविलम्ब ठोस कार्य योजना तय गरी विद्यार्थीलाई अर्को सेमेस्टर पढ्ने वातावरण तयार गरियोस । सेमेस्टर प्रणालीका आत्मा भनेकै continuous learning & continuous evaluation भएकोले प्राध्यापकको मूल्याकन लाई वैज्ञानिक बनाउने कार्य योजना तय गरियोस ।

९. अन्तराष्ट्रिय मापदण्ड अनुरुप सेमेष्टर प्रणालीमा परीक्षाको अनुगमन र मुल्याकनको जिम्मा सम्बन्धित विषय समितिलाई दिने व्यवस्था गरियोस ।

१०.ह त्रि.वि. सेवा आयोगलाई निश्पक्ष, विश्वसनीय र सम्मानीत बनाइयोस ।

११.वन्द रहेको पठन पाठनलाई उपलब्ध साधनहरु, वैकल्पीक माध्यम (e-learning, online. Radio, TV etc) द्वारा सुचारु गरियोस । त्रि.वि का आग्रिम तथा सवै सम्बन्धन प्राप्त क्याम्पसहरुले यस कुराको सुनिश्चितता गरुन । सवै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा Internet तथा प्रविधिको पहुच सुनिश्चित गरियोस ।

१२. विद्यार्थीहरुको निम्ती निशुल्क Internet उपलब्ध गराउन त्रि.वि ले सरकार र सम्बन्धित निकायहरुमा आवश्यक पहल गरी सोको सुनिश्चित गरियोस ।

१३. हाल सुरु गरिएको online कक्षालाई कोरोना शिक्षाको रुपमा मात्र नभई दिर्घकालीन बनाउन आवश्यक पूर्वाधार तयार गर्दै पाठ्यक्रम तथा प्राध्यापकहरुलाई थप प्राविधि मैत्री बनाईयोस ।

१४.  विश्व विद्यालयले सुरु गरेको समेस्टर प्रणाली अन्तर्गतको परिक्षफल प्रकाशनमा एकरुपता कायम गरियोस् ।

१५. परिक्षा सम्बन्धि विद्यार्थीको उजुरी सुन्न छुट्टै उच्च स्तरीय निकाय गठन गरियोस ।

१६. विश्व विद्यालय अन्तर्गतका सबै आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा शैक्षिक संस्था बन्द रहेको अवधिको शुल्क नलिने कुराको सुनिश्चितता गरियोस् ।

१७. विश्व विद्यालयको परीक्षा प्रणालीलाई पूर्णतः प्रविधि मैत्री, समयानुकुल र वैज्ञानिक बनाईयोस् ।

१८. त्रिभवुन विश्व विद्यालयले विभिन्न नाममा बाडेको जग्गा र विभिन्न ठाउमा अतिक्रमित जग्गाहरु तुरुन्त फिर्ता ल्याउन गम्भीर पहल गरियोस् ।

१९. विश्व विद्यालय अनुदान आयोगबाट online class संचालन गर्न प्राप्त रकमको खर्च सार्वजनकि गरियोस् ।

२०. विश्व विद्यालयको स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतामा आच आउने गरी वर्तमान सरकारबाट भएका सवै निर्णय रद्ध गरी विश्व विद्यालयको स्वायत्तता र प्राजिक स्वतन्त्रता कायम राखियोस् ।

जय नेपाल ।
राजीव ढुंगान
अध्यक्ष



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ