arrow

फेरी आयो नेपालमा सलह

logo
प्रकाशित २०७७ असार २८ आइतबार
locust-salaha.jpg

काठमाडौं। नेपालमा फेरि सलह भित्रिएको छ। यही असार दोस्रो साता पहिलो पटक भित्रिएका सलह नेपालमा अनुकुल वातावरण नभएका कारण मरेका सरकारले जानकारी गराएको थियो। तर, आइतबार फेरि भारतको उत्तर प्रदेशका सीतापुर र बहराइच क्षेत्रमा रहेका सलह नेपालको दाङमा आइपुगेका कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीका अनुसार बिहान साढे ९ बजे दाङको गढवा गाउँपालिका प्रवेश गरेको र पुन : दिउसो १ बजे राप्ती नगरपालिकाको आकाशमा सलह किरा देखिएका थिए। उक्त क्षेत्रमा स्थानीयहरुले बस्न नदिएपछि उत्तरपूर्वतिर लागेको सूचना प्राप्त भएकाले प्युठान अर्घाखाँची लगायतका जिल्लामा आवश्यक सतर्कता अप्नाउन कृषि तथा पशुपन्छि मन्त्रालयले आग्रह गरेको छ।

साथै सलहका थप झुण्डहरु प्रदेश नम्बर १, २ र ५का तराई क्षेत्रमा आउन सक्ने सम्भावना भएकाले आवश्यक सतर्कता अप्नाउन कृषि तथा पशुपञ्छि मन्त्रालयले कृर्षकहरुमा अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ