arrow

लठ्ठीले हानेर श्रीमान्‌को हत्या, घटनास्थलबाटै तिलसरादेवी पक्राउ

logo
प्रकाशित २०७७ असार २८ आइतबार
dead2.jpg

रुकुम । रुकुम(पूर्व)मा श्रीमान्‌ हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।  सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले  श्रीमान्‌को हत्या आरोपमा पक्राउ गरेको हो । 

शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा श्रीमती तिलसरादेवीले टाउकामा लठ्ठीले प्रहार गर्दा श्रीमान्‌ लुद्रबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए । 

घटनाको खबर पाएलगतै प्रहरीले राति १० बजे नै घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । प्रहरीले तिलसरादेवीलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको प्रनि गुरुङले जानकारी दिए । 

अभियुक्त तिलसरादेवीलाई आइतबार जिल्ला अदालतमा पेश गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ