arrow

नेपाली कांग्रेस चितवनको कार्यसमितिमा नविनराज पौडेल मनोनित

logo
प्रकाशित २०७७ असार २८ आइतबार
nabin-congress.jpg

चितवन। नेपाली कांग्रेस चितवनको जिल्ला कार्यसमितिमा संचार उद्यमी एवं नेपाली कांग्रेसका क्रियाशील सदस्य नवीनराज पौडेल मनोनित भएका छन्। नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पौडेललाई मनोनित गरेका हुन्। पार्टीको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै पौडेललाई आमन्त्रित सदस्यमा मनोनित गरेको हो।

पौडेल लामो समयदेखि पार्टीको विभिन्न तह र तप्कामा रही काम गर्दै आएका छन्। पौडेलले नेपाली कांग्रेस प्रचार विभाग सदस्यको रुपमा काम गरिसकेका छन्।

दुई दशकदेखि संचार क्षेत्रमा क्रियाशील पौडेल चितवनमा रहेर भरतपुर एफ एम, भरतपुर पोष्ट, भरतपुर टीभी लगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आएका छन्। चितवन नवलपुर प्रसारण मञ्चको अध्यक्षको रुपमा समेत काम गर्दै आएको पौडेल भरतपुर महानगरपालिका वडा नम्बर ५ को प्रतिनिधि पनि हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ