arrow

पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालनमा

logo
प्रकाशित २०७७ असार २८ आइतबार
pokhara-baglung-highway.jpg1.jpeg

पर्वत । अविरल वर्षाका कारण भिरबाट पहिरो खस्दा अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालन भएको छ । कुस्मा नगरपालिका वडा नं ८ चुवाको भिरमा पहिरो जाँदा आज बिहानैदेखि सडक अवरुद्ध भएको थियो ।

 बिहानैदेखि स्काभेटर प्रयोग गरेर केहीबेरअघिदेखि दुईतर्फी नै सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार सडकमा ठूलोमात्रामा ढुङ्गामाटो थुप्रिएकाले पहिरो पन्छाउन ढिलाइ भएको हो । सडक सञ्चालन भएसँगै पोखरा हुँदै पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउँदै गरेका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् भने यस क्षेत्रबाट छुटेका लामो तथा छोटो दूरीका सवारीसाधन पनि गन्तव्यतर्फ गइसकेको प्रहरीले जनाएको छ । निर्माणाधीन सडकमा वर्षाका कारण माथिबाट पहिरो झर्दा पटकपटक अवरुद्ध हुने गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ