arrow

स्वास्थ्यका राज्यमन्त्री रावत अस्वस्थ, गङ्गालालमा शल्यक्रिया

logo
प्रकाशित २०७७ असार २९ सोमबार
nabraj-rawat.jpg

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावत अस्वस्थ भएपछि बाँसबारीस्थित शहीद गङ्गालाल हृदय केन्द्रमा उपचार गराइरहेका छन् । 

उनको मुटुमा समस्या आएपछि आइतबार मुटुको एन्जीओप्लास्टी (शल्यक्रिया) गरिएको उनको निजी सचिवालय सदस्य भीमराज सिंहले जानकारी दिए । 

उनका अनुसार राज्यमन्त्री रावतको स्वास्थ्यावस्था सुधारोन्मुख  छ । केन्द्रका निर्देशक डा चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राज्यमन्त्री रावतको शल्यक्रिया गरेको थियो । 

उपचारपछि आजै राज्यमन्त्री रावतलाई घर पठाइने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ