arrow

कोरोना प्रभावित शिक्षकलाई रुपन्देही प्याब्सनले तलब दिने

logo
नारायण वली,
प्रकाशित २०७७ असार ३० मंगलबार
pabson.jpg

रुपन्देही । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले काम विहिन हुन पुगेका शिक्षकहरुलाई निजि विद्यायलयको छाता संगठन प्याब्सन रुपन्देहीले कोरोना प्रभावका कारण वेतलवी भएका शिक्षकहरुलाई पारिश्रमिक दिने भएको छ । 

लकडाउनका कारण गत चैत देखि विद्यालय बन्द भएपछि तलब नपाएका शिक्षकहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै राहत स्वरुप २५ प्रतिशत भन्दा कम नहुने गरी तलब उपलब्ध गराउने यहाँका संस्थागत विद्यालयहरुले वताएका छन् । बाँकी तलब बारे आगामी दिनको अवस्था र सरकारको निर्णय अनुसार निर्णय गरिने हाम्रा कुरा डटकमसंगको कुराकानीमा अध्यक्ष लेखनाथ पौडेलले बताएका छन् ।

अध्यक्ष पौडेलले भने, गत वैशाख महिना देखि तलब नपाएका शिक्षकहरुलाई पहिलो चरणमा आंशिक रुपमा तलब दिइने र लामो अवधिको लकडाउनले शुल्क उठाउन नपाएका निजी विद्यालयहरुले स्वयंम आर्थिक संकटता झेलेको भएपनि तर शिक्षकहरुको स्थिति अझ कमजोर वन्न पुगेकाले राहत स्वरुप उक्त केही पारिश्रमिक उपलब्ध गराउन लागेको वताए ।

यस्तै यसवारे संगठनमा आवद्ध संस्थागत विद्यालयको व्यवस्थापन समितिलाई पत्राचार गरी जानकारी गराउने प्याब्सन जिल्लाका सचिव लक्ष्मण ज्ञवालीको भनाई छ । महामारी नियन्त्रणका लागि भन्दै गरिएको (लकडाउन) का कारण बन्द भएका विद्यालयमा पठन–पाठन नियमित गराउन सरोकार पक्ष संग नियमित वार्ता र संवादको पहल गर्न भन्दै प्याब्सन रुपन्देहीले “समस्या समाधान कार्यदल” समेत गठन वताईएको छ । 

२ सय ४२ वटा विद्यालयहरुमा करिब ७ हजार शिक्षक–कर्मचारीहरु कार्यरत रहेको प्याब्सन रुपन्देहीले जनाएको छ । संस्थागत विद्यालयका शिक्षकहरुले गत चैत महिना देखि तलब नपाउँदा अवस्था निकै कमजोर वन्दै गुनासो गर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ