arrow

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ३० मंगलबार
chandra-dhakal-fncci-pannel.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावको बरिष्ठ उपाध्यक्षको लागि चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन्। आगामी साउन २५ र २६ गतेका लागि तय गरिएको महासंघको चुनावको लागि प्यानल सहीत राजधानीमा बुधवार आयोजित एक कार्यक्रममा बरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा गरेका हुन्।

महासंघको वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षमा रामचन्द्र संघाई र जिल्ला–नगर उपाध्यक्षमा गुणनिधि तिवारीलाई उठाउने जानकारी ढकाल प्यानलले गराएको छ। उम्मेदवारी घोषणा कार्यक्रममा ढकालले आफुलाई सहयोग गर्न बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई आग्रह समेत गरे। हालको महासंघको विधान अनुसार बरिष्ठ उपाध्यक्ष गोल्छा आगामी कार्यकालका अध्यक्ष हुन्।

सो प्रति लक्षित गर्दै ढकालले बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने पक्षमा आफु रहकाले नै गोल्छा अध्यक्ष बन्ने स्थिति आएकाले चुनावमा आप्नो प्यानललाई सघाउन उनले आग्रह गरे। ‘बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने विषयमा म उभिएको हो। नउभिएको भए थाहा छैन अवस्था के हुने थियो’ ढकालले भने, ‘त्यसैले म शेखरजीलाई प्रश्न सोध्न चाहन्छु, वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने व्यवस्था केको लागि गरियो ?’

बरिष्ठ उपाध्यक्षका लागि ढकाल विरुद्ध किशोर प्रधानले उम्मेदवारी दिने आंकलन गरिएको छ। किशोर प्रधानको प्यानलले सबै व्यवसायीको हित गर्न नसक्ने भन्दै गोल्छाले आफुलाई सहयोग गर्नु पर्ने ढकालको भनाई थियो। वर्तमान उपाध्यक्ष रहेका ढकालले आगामी निर्वाचनमा आफ्नो प्यानले विजयी हुने दावी गरेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ