arrow

मंगलबार धनुषामा सबैभन्दा बढी संक्रमित, काठमाडौंसहित कहाँ कति थपिए ?

logo
प्रकाशित २०७७ असार ३० मंगलबार
corona-nepal-ministry.JPG

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा कुल ११६ कोरोना संक्रमित थपिएका छन् । मुलुकका विभिन्न २५ प्रयोगशालामा गरिएको चार हजार ३६१ नमूना परीक्षणमा ११६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

मंगलबार सबैभन्दा बढी प्रदेश नं २ को धनुषामा २१ संक्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १९, अछाममा १४, दैलेख छ, पाल्पा र दाङ  र कैलालीमा पाँच-पाँच, जुम्लामा चार, धनकुटा, रोल्पा, प्यूठान र अघाखाँचीमा तीन-तीन, इलाम, पर्सा, काभ्रेपलाञ्चोक, गोरखा,  काठमाडौं र नवलपरासी पूर्वमा दुई-दुई संक्रमित फेला परेका छन् । 

यसैगरी सिरहा, सुनसरी, तेह्रथुम, झापा, नुवाकोट, रौतहट, सिन्धुली, ओखलढुङ्गा, सिन्धुपाल्चोक, सुर्खेत, बाँके, बर्दिया र कञ्चनपुरमा एक-एक जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । मंगलबार देखिएकासँगै कुल संक्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको छ । 

पछिल्लो २४ घन्टामा ३४ जना कोरोना जितेर घर फर्केका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार ३२८ रहेका छन् । कुल संक्रमितको ६०.५३ प्रतिशत डिस्चार्ज भएको उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ