arrow

मेलम्ची खानेपानीको ड्याम फुट्यो : इञ्जिनीयर र चालक हराए, गाडीसमेत बगायो

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असार ३० मंगलबार
melamchi-water-project.png

मेलम्ची ।  मेलम्ची खानेपानी आयोजनाको अस्थायी ड्याम फुटेको छ ।  मंगलबार दिउँसो १२:३० बजे पानी भरिएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका फुटेको हो । 

ड्याम फुट्दा  पानीले बगाएर त्यहाँ कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापामगर र अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतिश गोहित बेपत्ता भएको त्यहाँ कार्यरत कर्मचारी युवराज गिरीले जानकारी दिए । 

त्यस्तै कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएको  इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 

घाइतेलाई हेलिकप्टरमार्फत काठमाडाँै लगिएको तामाङले जानकारी दिनुए । बेपत्ताको हेलम्बु प्रहरी र त्यहाँको सेनाले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । 

ढोका फुटेपछि आएको बाढीले बा१झ ८७६४ नंको हाइलक्स गाडीसमेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ