arrow

धनकौल घटना : दबाबमा नपरी निष्पक्ष छानविन गर्न डीआईजीलाई कांग्रेसको सुझाव

logo
प्रकाशित २०७७ असार ३० मंगलबार
congress-sujab.jpg

मलंगवा । नेपाली कांग्रेसले सर्लाहीको धनकौलमा भएको घटनाको दबाबमा नपरी निष्पक्ष छानविन गर्न माग गर्दै प्रदेश प्रहरी प्रमुखको ध्यानाकर्षण गराएको छ । 

कांग्रेसका नेताहरुले जनकपुरस्थित २ नं. प्रदेश प्रहरी कार्यालयमा पुगेर प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहको ध्यानाकर्षण गराएका हुन् । 

डीआईजी सिंहलाई भेट्न पार्टी जिल्ला सभापति एवं प्रतिनिधि सभाका सदस्य नागेन्द्र कुमार राय, उप–सभापति सुरेन्द्र सिंह, प्रदेश सभा सदस्य द्वोय वीरेन्द्र सिंह र उपेन्द्र कुशवाहा, कांग्रेस नेता जंगिलाल राय लगायत जनकपुर पुगेका थिए ।

दोहोर झडपको घटनापछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रहरी प्रशासनलाई दबाब दिएर कांग्रेसका निर्दोष कार्यकर्तामाथि झुठा मुद्दा लगाएर फसाउन खोजेको भन्दै कांग्रेसका नेताहरुले डीआईजी सिंहको ध्यानाकर्षण गराएका हुन् ।

यसअघि नेकपाका नेताहरुको एक समूहले संघीय सरकारका गृहमन्त्री रामबहादुर थापालाई भेटेर घटनाको विषयमा ध्यानाकर्षण गराएका थिए । 

यही असार १४ गते धनकौल गाउँपालिका ३ मा कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुँदा एक दर्जन बढी घाईते भएका थिए । झडपमा गोली समेत चलेको थियो । 

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ भने अनुसन्धानका लागि भन्दै इजाजत लिएर राखिएको ४ थान बन्दुक समेत बरामद गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ