arrow

बबईमा बेपत्ता थारु दम्पतीमध्ये राजकुमारीको भेटियो शव

logo
प्रकाशित २०७७ असार ३० मंगलबार
woman-dead-body.jpg

राजापुर । बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर बेपत्ता दम्पतीमध्ये एक जनाको शव फेला परेको छ । केही दिनअघि ठाकुरबाबा नगरपालिका– ४  बगनाहाको एक दम्पती नदीमा बेपत्ता भएको थियो ।
 
पत्नी २६ वर्षीया राजकुमारी थारुको शव मंगलबार मधुवन नगरपालिकाको सीमामा पर्ने बबई  नदीको कुसुम्बाघाटमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक कलाधर सापकोटाले जानकारी दिए ।

पति ३२ वर्षीय जितबहादुर भने अझै बेपत्ता रहेको र उनको खोजी जारी रहेको  प्रहरी कार्यालयले जनाएको छ ।

 बबई किनारमा रहेको दाउरा सङ्कलन गरेर घर फर्कने क्रममा नदीमा आएको बाढीमा बगेर सो दम्पती बेपत्ता भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ