arrow

नेकपाका नेताहरुलाई गगन थापाको अपिल: खड्ग प्रसाद ओलीलाई विदा गर्नुस

थापाले भने, 'ओलीबाट न देश सुरक्षित छ न लोकतन्त्र'

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ३० मंगलबार
Gagan-oli.jpg1.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री खड्ग प्रसाद ओलीलाई विदा दिन नेकपाका नेताहरुलाई अपिल गरेका छन् । मंगलवार साँझ ट्वीट गर्दै थापाले प्रधानमन्त्री कुर्सी जोगाउन जे पनि बोल्ने ओलीबाट देश र लोकतन्त्र सुरक्षित हुन नसक्ने भन्दै उनलाई विदा दिन नेकपाका नेताहरुलाई अपिल गरेका छन्। 

थापाले ट्वीट गर्दै भनेका छन्, 'प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले "जे पनि बोल्ने" प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा-यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनावद्ध ढङ्गले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो।'

थापाले आफ्ना कुरा राख्दै थपेका छन्, 'यसले केपी ओली सत्ता स्वार्थका लागि जुनसुकै प्रपञ्च रच्न तयार रहेको प्रष्ट पार्छ । आफ्नो लागि राष्ट्रिय स्वार्थ समेत दाउमा राख्ने,प्रमको अराजनीतिक टिप्पणीको भार बोक्न स्वाभिमानी नेपाली अभिशप्त छैनौँ । यसलाई हल्का रुपमा नलिऔं । यस्ता योजनावद्ध राजनीतिक प्रपञ्चलाई पुरा हुन नदिऔं ।'

प्रमले देशभित्र र बाहिर उत्तेजना ल्याउने नियतले अन्टसन्ट बोल्नुभएको ठोकुवा गर्दै थापाले भने, 'प्रत्युत्पादक भएपछि परराष्ट्रको वक्तव्य आयो । कुर्सी जोगाउन जे पनि बोल्ने र गर्ने प्रमबाट न देश सुरक्षित छ न लोकतन्त्र! नेकपाका साथीहरू! राजनीतिक होइन भनेर नपन्छिनोस,अव खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नोस् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ