arrow

मोदीविरुद्ध अमेरिकामा पनि उत्रिए नेपाली, प्रदर्शनमा अमेरिकी नागरिक र भारतीय मूलका शिख समेत सहभागि

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
269782599.jpeg
क्यालिफोर्निया । भारतीय नाकाबन्दीको विरोधमा अमेरिकामा बस्ने गैरआवासीय नेपालीले संयुक्त राष्ट्र संघ मुख्यालय अघि विरोध प्रदर्शन गरेका छन् । एनआरएन अमेरिका लगायत संस्थाले प्रर्दशन पछि राष्ट्र संघको मुख्यालयमा ज्ञापनपत्र बुझाए । 
 
मंगलबार मध्याह्न १२ बजे सुरु भएको कार्यक्रममा ठूलो सख्यामा उपस्थित नेपालीको प्रदर्शनमा अमेरिकी मूलका नागरिक र भारतीय मूलका शिखले समेत ऐक्यबद्धता जनाए । प्रदर्शनमा उत्रिएका नेपालीले व्याक अप इन्डिया भन्दै प्रदर्शन गरे । 
 
दुई महिनाभन्दा लामो नाकाबन्दीले कारणले नेपालमा अत्यावश्यक सामग्रीको अभाव भइरहँदा भारतीय पक्षबाट नाकाबन्दी खोल्ने कुनै चासो र संकेत नआएकाले राष्ट्र संघको ध्यानाकर्षण गराएको एनआरएन अमेरिकाका अध्यक्ष केशव पौडेलले बबताए । उनले भने,–‘नाकाबन्दी खोल्ने वातावरण बनाउन प्रदर्शनमा उत्रिएका हौं ।’ 
 
वैशाख १२ को विनाशकारी भूकम्पपछि उद्धारमा खटिएका र नाकाबन्दीको समयमा समेत नेपालमै रहेका एनआरएन अमेरिकाका उपाध्यक्ष राम सी पोखरेल एउटा छिमेकीले यस्तो अवस्थामा पनि यसरी दुःख दिन्छ भनेर आफूले कल्पना समेत गर्न नसक्ने बताउँदै आफू टेक्सस राज्यबाट विरोध प्रदर्शनमा भाग लिन आएको बताए । 
 
नाकाबन्दीको विरोध गर्दै नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले प्रेसविज्ञप्ति जारी गरेको छ । भने आफ्नो वेभपेज र फेसबुकमा समेत विरोध जनाएको छ । यसअघि, बेलायतमा बस्ने नेपालीले समेत भारतीय प्रधानमन्त्री लण्डन भ्रमणमै रहेका बेला संसद भवन अघि प्रदर्शन गरेका थिए । यस्तै उनीहरुले मोदीलाई सम्झाउन भन्दै बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको ध्यानाकर्षण समेत गराएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ