सक्ने व्यवसायीले भुक्तानी गर्न उद्योग वाणिज्य महासंघको अपिल
प्रकाशित २०७७ असार ३१ बुधबार
802
Shares
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले सक्ने व्यवसायीले बैंकको ब्याज तथा किस्ता भुक्तानी गर्न अपिल गरेको छ। महासंघले वेवसाइटमार्फत एक सूचना जारी गर्दै महासंघसँग सम्बन्धित व्यवसायीहरुलाई यस्तो अनुरोध गरेको हो। ‘हाल तिर्न सक्ने अवस्थामा भएका उद्योगी, व्यापारी तथा व्यवसायीलाई कर्जाको ब्याज तथा किस्ता भुक्तानी गरिदिन अनुरोध गर्दछौ’, महासंघले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।
त्यस्तै तिर्न नसक्ने उद्योगी, व्यापारी तथा व्यवसायीको कर्जाको पुनसंरचना र पुनतालिकिरण तथा ब्याजको पुँजीकरण गरी कर्जा तिर्ने समय थप गर्न आगामी आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिमा व्यवस्था गर्न समेत महासंघले अनुरोध गरेको छ । ब्याज तथा किस्ता भुक्तानीका लागि समय माग गर्न महासंघले बैंकर्स संघसँग निरन्तर छलफल गरिरहेको समेत महासंघले जानकारी दिएको छ।