arrow

बिप्लब कार्यकर्ता बनेर ज्यानमार्ने धम्कि दिदै चन्दा माग्ने वली दाजुभाई पक्राउ

logo
प्रकाशित २०७७ असार ३१ बुधबार
pakrau8.jpg

घोराही । ज्यान मार्ने धम्किदिदै ८ लाख ६५ हजार चन्दा माग्ने दूई युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्याला मजदुरीको काम गर्ने बबई गाउँपालिका वडा नं. ५ सिमगैरा निवासी २८ बर्षीय भास्कर वली र १९ बर्षीय केवल वली रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहका अनुसार उनीहरुले बबई गाउँपलिका वडा नं. ५ हापुरे बजार निवासी २६ बर्षीय ललित गौतमको परिवारबाट उक्त चन्दा रकम माग गर्दै त्यो नदिए ज्यान लिने धम्कि दिदै आएका थिए ।

गौतमको हापुरे बजारमा गौतम ट्रेडर्स एण्ड सप्लायर्स नामको हार्डवयर पसल छ । उनका बुवा निमकान्त गौतम प्राय पसल हेर्छन । विप्लव समुहको नामवाट असार २४ गते हस्तलिखित पत्र लेखेर भास्करले गौतमको घरको मुल ढोका अगाडि तीन दिन भित्रै बुझाउन ताकेतासहितको पत्र छोडे । गौतम परिवारले वास्ता नगरेपछि भास्करले असार २६ गते रातको ११ बजे निमकान्त गौतमलाई फोन गरि धम्काए । मागे जति रकम नदिए उनीसहित घर परिवारका सदस्यको ज्यान लिने धम्कि दिए ।

आफु र घर परिवारको सुरक्षाको लागि गौतमले सम्वाद थाले । समस्या आफै समाधान गर्ने प्रयास गरे । उनले ५० हजार चन्दा दिन राजी भए । यो कुरा गोप्य रुपमै मिलाउने प्रयास भइ रहेको थियो । धम्किदिदै आएका व्यक्तिले ५० हजार रकम अस्विकार गरे । तोकिएकै रकम नदिए परिवार नै सखाप पारिदिने चेतावनी दिए ।

गौतम परिवारलाई परेको समस्या एकान दुई कान गर्दै प्रहरीसम्म पुग्यो । त्यसपछि प्रहरीले गोप्य रुपमा गौतमलाई फोन गरेर धम्काउने व्यक्तिको कल डिटेल्स खोजी गर्यो‍ । उक्त नम्बर केबल वलीको नाममा थियो । असार २९ गते वलीलाई प्रहरीले पक्राउ गर्यो‍ । असार ३० गते भास्कर वली पक्राउ परे । धम्काउन प्रयोग भएको सिम नम्वर र मोवाईपनि बरामद भयो । अनि बल्ल चन्दा आतंको राज खुल्यो ।

पक्राउ परेका विरुद्ध दाङ देउखुरी जिल्ला अदालतवाट मंगलवार दश दिने म्याद थप गरि थप अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ । इप्रका तुलसीपुरका प्रबक्ता चक्र डम्मर पालले आपराधिक लाभ अन्तरगतको कसुरमा मुद्दा चलाएर थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ