arrow

मेलम्ची खानेपानीको ड्यामले बगाएका इञ्जिनीयर सतीशको भेटियो शव

logo
हाम्रा कुरा
प्रकाशित २०७७ असार ३१ बुधबार
Melamchiko-pani.jpg.jpeg

मेलम्ची ।  मेलम्ची खानेपानी आयोजनाको अस्थायी ड्याम फुट्दा बेपत्ता भएका दुईमध्ये एक जनाको शव भेटिएको छ ।  मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा पानी भरिएको सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो  दुई जना बेपत्ता भएका थिए । 

तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजीकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको  पनि उनले बताए ।  त्यस्तै कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएको  इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 

ढोका फुटेपछि आएको बाढीले बा१झ ८७६४ नंको हाइलक्स गाडीसमेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ