arrow

'प्रधानमन्त्री ओलीको अभिव्यक्ति द्वन्दलाई बढावा दिने नियतले प्रेरित'

प्रम पदमा निरन्तरता कति उचित?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार ३१ बुधबार
hurpes.jpg.jpeg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले असार २९ गते प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रममा रामायणकालीन अयोध्या र रामका बारेमा दिनुभएको अति विवादास्पद एवं आपत्तिजनक अभिव्यक्तिको मानव अधिकार तथा शान्ति समाज निन्दा गरेको छ।

नेपालमा सरकार, राजनीतिक समाज, नागरिक समाज कसैले पनि नउठाएको र कतै नसुनिएको विषयलाई प्रधानमन्त्री पदमा आसिन व्यक्तिले लहडका भरमा अनावश्यक रुपमा व्यक्त गरेका धारणाले उता करोडौ मानिसहरुको आस्था र विश्वासमा चोट पुग्न सक्ने देखिन्छ भने यसैका कारण यता लज्जित हुनुपर्ने अवस्था पैदा भएको समाजले भनेको छ ।

प्रधानमन्त्री ओलीको अप्रमाणिक, असान्दर्भिक र अप्रासंगिक सो अभिव्यक्ति छिमेकका नागरिकलाई भड्काउने, शान्ति र सद्भाव खलबल्याउने एवं द्वन्दलाई बढावा दिने नियतले प्रेरित देखिने जनाउँदै समाजले त्यसलाई दुर्भाग्यपूर्ण भनेको छ।

यस्ता अभिव्यक्तिका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संयम गुमाएको प्रतित हुँदा केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा निरन्तरता कति उचित भनेर समाजले प्रश्न गरेको छ। यसबारे सम्बन्धीत निकाय विशेषतः सत्तारुढ नेकपा र यसको संसदीय दल/संसदले बेला छँदै लोकतान्त्रिक तवरले छलफल गरी निष्कर्षमा पुग्नु आवश्यक भएको धारणा मानव अधिकार तथा शान्ति समाजका तर्फबाट सभापति उत्तम पुडासैनीले बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ