arrow

मेलम्चीको ड्याम फुट्दा बेपत्ता चालकको खोजीमा हिडेको सशस्त्र दुर्घटना

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन १ बिहिबार
Melamchiko-pani.jpg.jpeg

सिन्धुपाल्चोक । मेलम्ची खानेपानीको अस्थायी बाँध भत्केर बगाउँदा बेपत्ता भएका चालकको उद्धारका लागि गएको सशस्त्र प्रहरी टोली सवार र्‍याफ्टिङ बोट मेलम्ची नगरपालिका– ११ इन्द्रावती नदीमा दुर्घटना हुँदा सात जना बेपत्ता भएकामा तीन जनाको उद्धार गरिएको छ । 

बिहान चालकको उद्धारका लागि निस्किएको टोली इन्द्रावती पुलभन्दा १०० मिटर तल दुर्घटनामा परेको इलाका प्रहरी मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।  एक जना सामान्य घाइतेको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अन्यको उद्धार जारी छ । 

मेलम्ची खानेपानी आयोजनाको अस्थायी ड्याम फुट्दा बेपत्ता भएका दुईमध्ये एक जनाको शव बुधबार भेटिएको थियो ।  तीमध्ये अन्दाजी २५ वर्षीय इञ्जिनीयर सतीश गोहितको शव बुधबार अपराह्न ४ बजे मेलम्ची नगरपालिका–११ स्थित पाल्चोकी क्रसर नजीकै भेटिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । ।

मेलम्ची खानेपानी आयोजनाको सुरङ परीक्षणका क्रममा पानी भरिएको सुरुङको १७ नं गेट फुट्दा मङ्गलबार दिउँसो  दुई जना बेपत्ता भएका थिए । 

अर्का बेपत्ता भएका आयोजनामा कार्यरत अन्दाजी ५५ वर्षीय सवारी चालक राधाकृष्ण थापा मगरको खोजी जारी रहेको  पनि उनले बताए ।  त्यस्तै कन्सल्ट्यान्ट दोर्जे पेम्बा र इञ्जिनीयर शेखर खनाल घाइते भएको  इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए । 

ढोका फुटेपछि आएको बाढीले बा१झ ८७६४ नंको हाइलक्स गाडीसमेत बगाएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता पहिलेदेखि सुरुङ परीक्षण गरिरहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ