arrow

पाँच लाखबढी सलहको झुण्ड बैजनाथ पुग्यो

logo
प्रकाशित २०७७ साउन १ बिहिबार
salaha-arghakhanchi.jpg

बाँके । बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको सलह अहिले यहाँ फैलिँदै गएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालका अनुसार सलहको झुण्ड अहिले जिल्लाको बैजनाथ गाउँपालिका पुगेको छ । 

बुधबार र बिहिबार नरैनापुर र डुडुवा गाउँपालिकामा अधिक मात्रामा किसानले लगाएको खेतको मकै र केही मात्रामा धानमा क्षति पुर्‍याएपछि सलहको झुण्ड बैजनाथ गाउँपालिका पुगेको छ । 

भारतको श्रावस्ती जिल्लाबाट  प्रवेश गरेका करीब पाँच लाख  सलहले  बुधबार नरैनापुर र डुडुवामा झण्डै २० प्रतिशत क्षति पुर्‍याएको बताइएको छ । गाउँपालिका कृषि शाखा प्रमुख सुशील शर्माले डुडुवाबासीले परम्परागत रुपमा थाल, टिन र  जर्किन ठटाएर तथा पटाका पड्काएर कीरा भगाएको बताए ।  

सलह भगाउन कृषि ज्ञान केन्द्रले विषादीसहित प्राविधिक सहयोग पनि गरेको जनाइएको छ ।  बिहिबार बैजनाथ गाउँपालिका पुगेको सलहले जिल्लामा रहुञ्जेल सरदर ३० प्रतिशत किसानको बालीनाली  नष्ट गर्ने आंकलन गरिएको केन्द्रका प्रमुख ढकालले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ