arrow

चीनको सम्भावित आक्रमण रोक्न ताइवान रक्षा अभ्यासमा

logo
एजेन्सी,
प्रकाशित २०७७ साउन २ शुक्रबार
taiwan-army.jpg

एजेन्सी। चीनसँगको विवाद बढ्न थालेसँगै ताइवानले पाँच दिने फायर-वार गेमको अभ्यास गरेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार ताइवानले यसलाई चीनको सम्भावित आक्रमणलाई प्रतिरोध गर्नसक्ने गरी यो अभ्यास गरिएको हो । ताइवान सेना प्रमुख हुआङ सु-कुआङले सोमबारदेखि वार्षिक अभ्यास सुरु गरेको जनाए । 

अभ्यासको पहिलो दिन चीनको पीपुल्स लिबरेशन आर्मीले मिसाइल निसानामा राखिएका ताइवानमा कमाण्ड सेन्टरहरू, एयरपोर्टहरू र सैन्य अड्डाहरूलाई आक्रमण गरिए त्यसको प्रतिरोध कसरी गर्ने भनेर अभ्यास गरिएको सैन्य स्रोतले जनाएको छ ।

"हामी हाम्रो सुरक्षा बललाई रक्षात्मक क्षमता अभिवृद्धी गर्नेगरि अभ्यास गराइरहेका छौं । हाम्रो रिजर्भ फोर्स कसरी तयारी अवस्थामा छ र हुनेछ भन्‍ने पनि अभ्यास गर्नेछौं," सैन्य स्रोतले भन्‍यो ।

दशकौंदेखि चीनले ताइवानमा दाबी गरिरहेको छ । जसका कारण संयुक्त राष्ट्र संघले ताइवानलाई छुट्टै मुलुकको रुपमा मान्यता दिएको छैन । पछिल्लो समय विश्व स्वास्थ्य संगठनको सदस्य बन्ने कुरामा पनि चीनले ताइवानलाई रोकेको थियो। 

यसअघि चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागु गरेसँगै हङकङबाट निर्वासनमा जान चाहने हङकङबासीलाई ताइवानले स्वागत गर्ने जनाएको थियो । तर, चीनले ताइवानलाई हङकङबासीलाई शरण नदिन पनि चेतावनी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ