arrow

मौद्रिक नीतिप्रति उद्योग वाणिज्य महासंघ सन्तुष्ट

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
fncci-building-123.jpeg

काठमाडौं। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ सन्तुष्ट रहेको छ। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भावनी राणाले शुक्रबार सार्वजनिक मौद्रिक नीतिले महासंघले उठाएका अधिकांश माग सम्बोधन गरेका कारण मौद्रिक नीतिप्रति महासंघ सन्तुष्ट रहेको बताइन्।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारद्धारा सार्वजनिक गरिएको मौद्रिक नीतिले कोरोना भाइरसका कारण दयनीयको बाटोमा रहेको अर्थतन्त्रलाई पुनर्जिवित गर्न सक्ने भन्दै महासंघ सन्तुष्ट रहेको राणाले हाम्राकुरा डटकमलाई बताइन् । ‘महासंघले उठाएका धेरै कुराहरु सम्बोधन भएका छन्। जस्तैः कर्जा पुनरसंचनाका कुरा, पुनरतालिकिकरणका कुरा । पुनरसंरचनाको कुरा लामो समय देखि ठुलो समस्याको रुपमा रहेको थियो। यो सम्बोधन भएको छ।

त्यसपछि पुनरकर्जाका कुराहरु पनि हामीले उठाएका कुराहरु ३ देखि ५ प्रतिशतसम्म पुनरकर्जा भनिएको छ । राम्रो आएको छ’ राणाले भनिन्, ‘ब्याजदर घट्नेगरी सिसिडी रेसियो बढाएको छ । ओभरलमा महासंघले उठाएका धेरै कुराहरु राष्ट्र बैंकले सम्बोधन गरेको छ । हामी सन्तुष्टि नै छौं। कोभिडको समस्याबाट रिभाइभ गर्न र सस्टेन गर्न कम्तीमा यसले सक्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ