arrow

नेपालमा १७ हजार ४४५ संक्रमित, कुन प्रदेशमा कति ?

logo
प्रकाशित २०७७ साउन २ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौँ । देशभरमा पछिल्लो २४ घण्टामा थप कोभिड–१९ संक्रमित १०१ थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले विभिन्न २७ प्रयोगशालामा गरिएका चार हजार ६८८ नमूना परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै कोरोना संक्रमितको कूल सङ्ख्या १७ हजार ४४५ पुगेको छ । 
    
प्रदेशगतरुपमा कोरोना संक्रमण पुष्टि भएकामध्ये प्रदेश नं १ मा ८१५, प्रदेश नं २ मा चार हजार ४८०, बागमती प्रदेशमा ८५१, गण्डकी प्रदेशमा एक हजार ३५७, प्रदेश नं ५ मा चार हजार १३५, कर्णाली प्रदेशमा एक हजार ८०४ र सुदूरपश्चिम प्रदेशमा चार हजार तीन जना रहेका छन् ।

त्यस्तै, हालसम्म कोरोनाको उपचारपछि निको भएर घर फर्किएकामध्ये प्रदेश नं १ मा ७४४, प्रदेश नं २ मा दुई हजार ५८८, बागमती प्रदेशमा ४१३, गण्डकी प्रदेशमा ९४६, प्रदेश नं ५ मा तीन हजार ४९२, कर्णाली प्रदेशमा एक हजार ४९२ र सुदूरपश्चिम प्रदेशमा एक हजार ६५९ रहेका छन् । 
    
मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार देशभरका क्वारेन्टिनमा हाल १२ हजार ७५६ रहेका छन् । आइसोलेशनमा रहेका कोरोना संक्रमितको सङ्ख्या पाँच हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या २८५ रहेको छ । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या ११ हजार ५३४ रहेको छ । कूल कोरोना संक्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत उपचारपछि घर फर्किएका मन्त्रालयले जनाएको छ ।
    
प्रवक्ता गौतमले हालसम्मको तथ्याङ्कअनुसार विश्वभर एक करोड ३९ लाख ६४ हजार ७९९ कोरोना संक्रमित भएका छन् । कोरोनाले पाँच लाख ९३ हजार ४९ को निधन भइसकेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपाल पीसीआर परीक्षण गर्ने मुलुकमा आफगानिस्तान, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान र भारतभन्दा अगाडि रहेको छ ।  

नेपालमा कोभिड–१९ का जम्मा संक्रमितमध्ये पुरुष र महिलाको अनुपात क्रमशः ८७ र १३ प्रतिशत रहेको छ । हाल ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् । सक्रिय एउटा पनि केस नभएका जिल्लामा मनाङ, मुस्ताङ र हुम्ला रहेको पनि उनले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ