arrow

संक्रमणले थप १६ नेपालीको लियो ज्यान

logo
प्रकाशित २०७७ साउन ४ आइतबार
corona-france.jpg

काठमाडौँ । विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन  जनाको निधन भएको हो ।

कतारमा निधन भएका आठमध्ये दुई जनाको निधन हुनुअघि कोरोना संक्रमण पुष्टि भएको र बाँकी छ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ । शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना संक्रमणका कारण निधन भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।

सङ्घका अनुसार जम्मा कोराना संक्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना संक्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट संक्रमित नेपालीमध्ये सबै मुक्त भएका छन् । साथै मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको संक्रमण नरोकिएको सङ्घले आइतबार विज्ञप्तिमार्फत जनाएको छ । 

हालसम्म विभिन्न देशमा कूल ३० हजार ५७१ संक्रमित नेपालीमध्ये २८ हजार ६८१ जना संक्रमणमुक्त भएको सङ्घको तथ्याङ्क छ । यसैगरी भारत, साउदी अरेबिया, युएई र कुवेतमा मात्र यस साता ९५० नेपालीमा कोरोना संक्रमण देखिएको समितिले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ