arrow

राष्ट्रपति भण्डारीको भूमिकाप्रति डा शेखर कोइरालाको गम्भीर आपत्ति 

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
shekhar-Koirala.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन् । 

राष्ट्रपति भण्डारीले पछिल्ला केही दिनदेखि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक किचलोमाथि पटकपटक हस्तक्षेप गर्न खोजेपछि पदीय गरिमा राख्नसमेत डा कोइरालाले आग्रह गरेका छन् । 

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै डा कोइरालाले आफ्नो जिम्मेवारी बिर्सेर राष्ट्रपतिको राजनीतिमा सक्रियता बढ्नु देश र लोकतन्त्रका लागि अत्यन्तै दुःखद भएको बताएका छन् । 

उनले लेखेका छन्, ‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा, सम्मानित र सर्वोच्च निकाय हो । राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ। पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ