arrow

खोलाले सडक बगाएपछि पृथ्वी राजमार्ग अवरुद्ध

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
beni-road.jpg

भरतपुर । आइतबार रातिदेखि परेको अबिरल वर्षाले चितवन र धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुलको एप्रोच सडक बगाएको छ । खोलाले सडक बगाएपछि राजमार्ग पूर्ण रुपमा ठप्प छ ।  मौवा खोलाले सडक कटान गरेपछि पुलसमेत जोखिममा छ ।  

बाह्र मिटर पुलको एप्रोच सडकको भाग बाढीले बगाएको सडक डिभिजन कार्यालय भरतपुरका इञ्जिनीयर शिव खनालले जानकारी दिए । उनले जति सक्दो छिटो सडक मर्मत गरी यातायात सञ्चालनको प्रयास गरिने बताए ।

जोगिमारा प्रहरी कार्यालयका हवल्दार उपेन्द्र श्रेष्ठले दिउँसो पुल भासिएर मानिससमेत हिँड्न नसक्ने भएको जानकारी दिए । उनले वैकल्पिक उपाय नखोजेसम्म तत्काल सडक सञ्चालनको सम्भावना नरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ