arrow

पहिरामा बेपत्ता किशोरीको मृत्यु, खोलाले बगाउँदा वृद्धा बेपत्ता

logo
प्रकाशित २०७७ साउन ५ सोमबार
dead2.jpg

धादिङ । गजुरी गाउँपालिका–२ मलेखुस्थित फुर्केखोला र मलेखुबजार पुल छेउमा पहिरामा परेर बेपत्ता किशोरीको शव फेला परेको छ । मृत्यु हुनेमा १७ वर्षीया निरुता परियार रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रराज खड्काले जानकारी दिए । 

घरमाथिबाट पहिरो आएर घरसमेत बगाएको थियो । पहिरामा पुरिएकी निरुताको नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनालगायतले उद्धार गरेको उद्धारमा संलग्न रामहरि थापाले बताउनुभयो । पहिरो जाँदा पाँच घर पुरिएका छन् । घर पुरिएकालाई छिमेकीको घरमा राखिएको छ । घटनामा पाँचजना घाइते भएका छन् भने एक जनाको अवस्था गम्भीर छ । 

यसैगरी थाक्रे गाउँपालिका–६ की ६० वर्षीया लक्ष्मी पुनमगरलाई महेशखोलाले बगाउँदा बेपत्ता भएकी छन् । बाढी आएको खोला तर्न लाग्दा महादेव बेँसीबाट हराएको महादेव बेँसी प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक किरण पोखरेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ