arrow

बीपी स्मृतिः नेविसंघको ध्यान बाढीपहिरोको राहत, उद्धार र पुनःस्थापनामा

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
bp-koirala.jpeg

काठमाडौं । नेपाली कांग्रेस र उसका भ्रातृ संगठनहरुले कांग्रेस संस्थापक एवं महामानव विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् । 

२०३९ साल साउन ६ गते बीपीको निधन भएको थियो । सोही दिन पारेर कांग्रेसले बीपीलाई सम्झदै आएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले पनि ३८औं स्मृति दिवस विविध रचनात्मक गतिविधिहरु सम्पन्न गर्दै मनाउने भएको छ । 

नेविसंघले देशभरका जिल्ला, प्रदेश र क्षेत्रिय समिति, क्याम्पस तथा विदेशमा क्रियाशिल समितिहरुलाई बीपी कोइरालाका विचारमाथि विमर्श गर्दै स्मृति दिवश मनाउन परिपत्र जारी गरेको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए । 

३८औं बीपी स्मृति दिवसका सन्दर्भमा केन्द्रिय कार्यसमितिले जारी गरेको परिपत्रमा सबै समितिहरुलाई बाढी पहिरोले क्षति पुर्याएका जिल्लामा राहत, उद्वार र पुनःस्थापना लगायतका काममा सहभागी हुन र प्रविधिमार्फत बीपी कोइरालाका विचार, दृष्टिकोण, योगदान तथा व्यक्तित्वसम्बन्धि विभिन्न गोष्ठी सञ्चालन गर्न निर्देशन गरिएको तिमल्सिनाले बताए ।

नेविसंघका सभापित राजिव ढुंगानाद्वारा जारी परिपत्रमा बीपी स्मृति दिवसमा रक्तदान, वृक्षारोपण, वृद्ध तथा बिरामीलाई फलफूल वितरण गर्न र सरसफाइ लगायतका गतिविधि सञ्चालन गर्न सबै नेता कार्यकर्तालाई अनुरोध गरिएको उनले जानकारी दिए । 

संग्रहालयमा वृक्षारोपण
यसैबीच नेविसंघ केन्द्रीय समितिले काठमाडौंमा बीपी संग्रहालय सुन्दरीजलमा वृक्षारोपण गर्दैछ । भारी वर्षालाई चिर्दै सुन्दरीजल पुगेर वृक्षारोपण गर्ने कार्यक्रम रहेको छ । 

फलफूल, कपूर, धुपी, रुद्राक्ष लगायतका विरुवाहरु लगाउने कार्यक्रम रहेको नेविसंघ महामन्त्री तिमल्सिनाले बताए । 

दिउँसो १ बजे भब्य कार्यक्रम हुने महामन्त्री तिमल्सिनाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ