arrow

नेपालले आज हिंड्ने मुल बाटो बीपीकै विचार र विश्वासको बाटोः सभापति देउवा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ६ मंगलबार
sher-bahadur-deuba-new-fnl.jpg.jpeg

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सभापति शेरबहादुर देउवाले नेपालले आज हिंड्ने मुल बाटो बीपीकै विचार र विश्वासको बाटो भएको बताएका छन्।

बीपी कोइरालाको पुण्य तिथिका अवसरमा सूचना, संचार तथा प्रचार विभागको आयोजनामा भएको वेभनारमा बोल्दै सभापति देउवाले बीपीको बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने बताए।

सभापति देउवाले वीपी कोइराला सानो देशको अग्लो ब्यक्तित्व भएको दूरदर्शी राजनेता भएको उल्लेख गर्दै प्रजातान्त्रिक समाजवादको उहाँको विचार आज झनै सान्दर्भिक रहेको बताए। 

राष्ट्र माथि संकट आउँदा आफ्नो जीवनलाई संकटमा पारेर ०३३ सालमा वीपी स्वदेश फर्कनु भएको स्मरण गर्दै देउवाले राष्ट्रियताको प्रश्नमा देशमा छलफल भई रहेका बेला बीपिको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावना साथ समाधान पहिल्याउनु पर्ने बताए। साहित्यमा बीपिको फरक ब्यक्तित्व र उचाईको पनि देउवाले चर्चा गरेका थिए। 

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य प्रदिप गिरिले कार्यक्रमका प्रस्तोता डा। सुरेश आचार्य एवं स्वदेश र बिदेशबाट जोडिनु भएका सहभागीहरुका वीपी विचार केन्द्रीत विभिन्न प्रश्नहरूको उत्तर राखेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ