बक्राहले बाध भत्कायो, ८० परिवार उच्च जोखिममा

किरण न्यौपाने, प्रकाशित मिति : २०७७ श्रावण ६ मंगलबार

मोरङ । रंगेली मोरङको सुनवर्षि नगरपालिका वार्ड नं.७ चैतामा बक्राह नदिले बाध भत्काएको छ । अविरल वर्षा संगै बक्राह खोलामा आएको बाढीले करिव २० मिटर बाध भत्काउदा चार परिवार विस्थापित समेत भएका छन् । भने ८० परिवार उच्च जोखिममा परेका छन् । बाध भत्कीएपछी छुतहरु रिषिदेव, लक्ष्मण रिषिदेव, बरुण रिषिदेव र विशाल रिषिदेवको परिवारलाई प्रहरीले सुरक्षीत स्थानमा सारेको छ ।

 “बक्राह नदिले १५ फिट चौडाई र ६ फिट अग्लो बाध भत्काएको छ , इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले नदिले करिव १ सय २० मिटर बाध थप कटान गरी रहेकाले तत्काल नदि नियन्त्रण गर्नुपर्ने अवस्था रहेको जानकारी दिए ।

  बक्राहले थप बाध भत्काए खोला गाऊ पस्ने अवस्था रहेको स्थानीय बताउछन् । बक्राह गाऊ पस्ने सम्भावना बढे संगै सुनवर्षि नगरपालिका वडा नं.७ को साविक बरङगा वडा नं.२ का मुस्लीम टोल, मस्दैया टोल र सुकुम्बासी बस्तीका ७०-८० घर परिवार उच्च जोखिममा रहेको छ ।

 सुनवर्षि नगरपालिका मेयर कालिप्रसाद दासले बक्राहले बाध क्षति पुर्‍याउदै गरेको अवस्थामा नदि नियन्त्रणका लागी जल उत्पन्न सहित जिल्ला प्रशासन लगायतको निकायहरुमा अग्रिम सुचना दिदा समेत लापरवाही गर्दा नदिले बाध भत्काएको गुनासो गर्दै स्थानीय निकायले बक्राहले भत्काएको नदि नियन्त्रण गर्न सक्ने अवस्था नरहेता पनि तत्काल थप क्षति पुग्न नदिन नेपाली सेना, सशस्त्र र प्रहरीलाई खवर गरी नगरपालिका बाट बोरा र प्राविधिक सहयोग गरिरहेको बताए ।

नयाँ