arrow

 रातु नदी तर्न खोजेका विरेन्द्र साइकलसहित बेपत्ता

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ साउन ६ मंगलबार
flood-river.jpg

धनुषा ।  महोत्तरीमा नदी पार गर्न खोज्दा एक  जना बेपत्ता भएका छन्।  महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका वडा नम्बर ६ संग्रामपुरका ३५ वर्षीय विरेन्द्र कापर रातु नदी तर्न खोज्दा बेपत्ता भएका हुन् ।

सोही नगरपालिकाको कविलासा पछियारी टोलस्थित भगवतीपुर र कविलासाको बीचमा रहेको रातु नदी पार गर्न खोज्दा पानीको तिव्र बेगका कारण साइकल सहित बिरेन्द्र  बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

बेपत्ता भएका विरेन्द्रको खोजीमा स्थानीयवासी र प्रहरीको टोली जुटेको र उनको खोजी कार्य जारी रहेका प्रहरीले  बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ