arrow

सेनाद्वारा प्रेसरकुकर बम डिस्पोज

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
bomb-dispose.png

कैलाली । कैलालीको भल्कामा रहेको लम्कीचुहा नगरपालिकाको कार्यालय अगाडी राखिएको  प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलिले डिस्पोज गरेको  छ ।

अज्ञात समुहले गएराति कार्यालय अगाडि पुर्बपश्चिम महेन्द्ररामार्गको छेउमै कपडामा बाधेर प्रेसरकुकर बम राखेको थियो । बिहान स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । लगतै प्रहरीले गोराङ्गे स्थीत नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान डिस्पोज पारेको हो । 

आफ्ना नेता कार्यक्रता पक्राउ गरेको बिरोधमा मंगलबार नेकपा बिप्लप समुहले सुदुरपश्चीम बन्दको आब्हान गरेको छ । भने लम्कीचुहा नगरपालिकाले हिजो असार ५ गते कार्यालय बाहिर बिभिन्न योजनाका भुक्तानी र अन्यखर्च मिलानको लागि असार मसान्त अगाडिकै मिति राखेर धमाधम कानुन विपरित चेक काटिएको सुचना तथा समाचारहरु सामाजिक सञ्चालमा आएपछि चौतर्फि बिरोध समेत भएको थियो । 

बम भने कुन समुहले किन राखेको हो भन्ने बारेमा नखुलेको अनुसंधान भईरहेको प्रहरीले जनाएको छ । उता नेकपा विप्लप समुहको बन्द आब्हान गरेकै समयमा मंगलबार बिहानै जिल्लाका बिभिन्न ठाउँमा शंकास्पद बस्तु फेला परेका छन । भने अज्ञात समुहले घोडाघोडि नगरपालिकाको गाडि समेत जलाएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ