arrow

पहिरोमा घाइते आमाछोरीलाई हेलिकप्टरबाट कोहलपुर लगियो

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
pasti-pahiro.jpg

दार्चुला । पहिरोमा परी घाइते भएका मालिकार्जुन गाउँपालिका ८ पस्तीका आमा छोरीलाई हेलिकप्टर मार्फत कोहलपुर लगिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा घाइतेहरुलाई सेनाको हेलीकप्टर मार्फत उपचारका  लागि कोहलपुर मेडिकल कलेज नेपालगंज लगिएको हो ।

मंगलवार विहान घरमाथिबाट आएको पहिरोले घर पुरिएर घाइते भएका ३५ वर्षीया लक्ष्मी परीयार र उनकी १२ वर्षीया छोरी सोनिया परीयारलाई थप उपचारको लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

घाइतेहरुलाई मालिकार्जुन गाउँपालिकाले ३० हजार नगद उपलब्ध गराएर हेलिकप्टर मार्फत कोहलपुर पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले बताए । पहिरोमा परीे लेकम गाउँपालिका–५ पिड घर भएका २५ वर्षिय अर्जुन दर्जी र सोही ठाउँका १८ वर्षिय मिलन दर्जीको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ