arrow

खसीभात खुवाएर ताला तोड्न लगाएकोमा तरुणदलको भर्त्सना

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
pancheshor-gaupalika.jpg

बैतडी । पञ्चेश्वर गाउँपालिकामा नागरिक समाजले लगाएको ताला खसीभात खुवाएर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई तोड्न लगाएकोमा नेपाल तरुणदल बैतडीले भर्त्सना गरेको छ । 

पञ्चेश्वर गाउँपालिकामा वडा   नं.–४ को कार्यालयलाई  १६ बुदे माग सहित ज्ञापन–पत्र बुझाएको र ज्ञापन–पत्र बुझ्न कुनै पनि जनप्रतिनिधि तथा सरोकारवालाहरु पटक–पटक सम्पर्क गर्दा पनि कार्यालयमा उपस्थित नभएपछि नागरिक समाजका युवाहरुले कार्यालयमा ताला लगाएका थिए 

तरूण दल अध्यक्ष महेश दत्त भट्टले विज्ञप्ति जारी गर्दै नागरिकले माग्ने सुचनाको हक सहित कुण्ठित गर्ने र तानाशाही शैलीमा नागरिकहरुलाई व्यवहार गरेको  प्रति भर्त्सना गरेका छन् ।     

समयमै स्थानीय सरकारले स्थानीय जनताका मागलाई सम्बोधननगरी थप दमन गर्न खोजियो र नागरिकले पाउने सूचनाको हकबाट बञ्चित गरियो भने नेपाल तरुण दल बैतडी जनताको पक्षमा थप आन्दोलनका कार्यक्रमहरु चरणबद्ध रुपमा गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

 विज्ञप्ति
बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं.–४ को नागरिक समाजले मिति २०७७।०४।०१ गतेका दिन वडा   नं.–४ को कार्यालयलाई  १६ बुदे माग सहित ज्ञापन–पत्र बुझाएको र ज्ञापन–पत्र बुझ्न कुनै पनि जनप्रतिनिधि तथा सरोकारवालाहरु पटक–पटक सम्पर्क गर्दा पनि कार्यालयमा उपस्थित नभएको हुनाले नागरिक समाजका युवाहरुले कार्यालयमा ताला लगाएको विभिन्न सञ्चारमाध्यम र समाजिक सञ्जालबाट नेपाल तरुणदल बैतडीलार्ई जानकारी भएको छ । 

 उक्त तालाबन्दी पछि वडा नं.–४ का जनप्रतिनिधिहरुले तालाबन्दी गर्ने पक्षलाई कुनै छलफल एवम् सम्पर्क नै नगरी स्थानीय सरकारकै नेतृत्वमा मिति २०७७।०४।०२ गतेका दिन पञ्चेश्वर गाउँपालिकाको कार्यालयमा उल्टै नेपाल कम्युनिष्ट पार्टी पञ्चेश्वर पालिकाले खसीभात खुवाएर ताला तोड्न लगाई जनताका मागहरुलाई निषेध गर्नका लागि  भाडाका कार्यकर्ताहरुलाई प्रयोग गरी शक्ति प्रदर्शन गर्ने कार्य जहानीया राणाशासनमा भन्दा पनि  ठुलोदमनकारी व्यवहारले पुस्तौपुस्ताको बलीदानीले प्राप्त भएको लोकतन्त्र माथिको प्रहार भएको छ ।

  दुई तिहाईको दम्भ, अंहकार र यस्ता गैर जिम्मेवारी  हर्कतले लोकतन्त्र प्राप्तिका लागि गरेको अनवरत संघर्षलाई पञ्चेश्वर गाउँपालिकाका दमनकारी जनप्रतिनिधिहरुले विधिको शासन विपरित नागरिकलाई निषेध गर्ने कार्यको झल्को सामाजिक सञ्जाल, नागरिक आवाज र स्थानीयबासीले दिएको  प्रेस विज्ञप्तीबाट नेपाल तरुणदल बैतडीको जानकारी पाएकोेछ । 

 पञ्चेश्वर गाउँपालिकाले बेला बेलामा  फरक पार्टीमा मतराख्ने स्थानीय जनताहरु प्रति विभेद गर्दै आएको र  नागरिकले माग्ने सुचनाको हक सहित कुण्ठित गर्ने र तानाशाही शैलीमा नागरिकहरुलाई व्यवहार गरेको  प्रति नेपाल तरुण दल बैतडी  घोर भत्र्सना गर्दछ । 

यदि समयमै स्थानीय सरकारले स्थानीय जनताका मागलाई सम्बोधननगरी थप दमन गर्न खोजियो र नागरिकले पाउने सूचनाको हकबाट बञ्चित गरियो भने नेपाल तरुण दल बैतडी जनताको पक्षमा थप आन्दोलनका कार्यक्रमहरु चरणबद्ध रुपमा गर्ने खवरदारी गर्दछ । 

यस्ता विधि विपरित सत्ताको सिंहासनमा बसेर गरिने गलत हर्कत संग तरुणदल जुनसुकै युद्ध लड्न पनि तयारी रहेको खवरदारी गर्दछ । पछि पर्न आउने अप्ठयारोको लागि पञ्चेश्वर गाउँपालिकाका  जनप्रतिनिधि स्वयम् जवावदेही हुनेछन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ