arrow

उद्योग वाणिज्य महासंघको साधारणसभा नरोकिने संकेत

logo
प्रकाशित २०७७ साउन ६ मंगलबार
fncci-building-teku-11.gif

काठमाडौं। नेपाल सरकारले आज मध्यरातिदेखि लकडाउन हटाएको छ। मन्त्रिपरिषदको बैठकको जानकारी दिँदै सञ्चार मन्त्री डा.युवराज खतिवडाले सरकारले गएको चैत ११ गतेदेखि लगाएको लकडाउन आजै मध्यरातिदेखि पूर्ण रुपमा हटाएको जानकारी दिए। सो निर्णयअनुसार निजी सवारी साधनहरुमा लगाइएको जोरबिजोर प्रणाली पनि अब भोलिदेखि हटाइएको छ। जसअनुसार भोलिदेखि सबै सवारी साधन चल्नेछन्।

यसैगरी सरकारले यही साउन १५ गतेदेखि सबै होटलहरु पनि खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ। त्यस्तै लामो दुरीका सवारीसाधनका साथै आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरु पनि भदौ एकबाट सुचारु गर्ने निर्णय पनि सरकारले गरिसकेको छ। यद्यपि, सामूहिक भोज, पार्टी, सेमिनार र सामूहिक भेला भने गर्न नपाइने अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा खतिवडाले जानकारी दिए। 

यसरी अब सबैतिर खुला भएपछि नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारणसभ पनि सुचारु हुने भएको बताइएको छ। यही साउन २६ र २७ गते सो साधारण सभा काठमाडौँमा हुने तयारी भइरहेको छ। लकडाउन जारी नै रहेको र कोरोना भाइरसका संक्रमितहरु पनि बढ्नसक्ने भन्दै सो साधारणसभा नहुने हो कि भन्ने आशंका नेपालका उद्योगी, व्यवसायीहरुमा थियो।

महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले पनि आज ट्वीट गर्दै कोरोनाजन्य लकडाउनका कारण पूर्व निर्धारित समयमै साधारणसभा सम्पन्न गर्न चुनौतीहरु बढ्दै गएको बताएका थिए।

तर आज साँझ सरकारले लकडाउन पूर्ण रुपमा हटेको र होटल रेष्टुरेन्टहरु पनि साउन १५ गतेदेखि निर्वाध रुपमा सञ्चालन गर्न दिने निर्णय गरेपछि भने साधारण सभा निर्धारित समयमै हुने नेपाल उद्योग वाणिज्य महासंघका नेता तथा प्रतिनिधिहरुले जनाएका छन्।

साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको उक्त महासंघले जनाएको छ। आगामी हप्ता उम्मेदवारी दर्ताको कार्यतालिका छ। आगामी साधारण सभामा चन्द्रप्रसाद ढकाल र किसोर प्रधानले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनीहरुले आआफ्नो प्यानल पनि घोषणा गरेर निर्वाचनको प्रचार थालिसकेका छन्। 

देशैभरि व्यवसायिक नेटवर्क रहेको साथै नेपालका एकजना चर्चित सफल युवा उद्योगी भएकोले ढकालको पक्षमा मुलुकका बहुसंख्यक उद्योगी व्यवसायीहरुको ठूलो जनमत रहेको महासंघका प्रतिनिधिहरु बताउँछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ