बाल आश्रमलाई सहयोग गरेर मनायो तरुण दलले बीपी स्मृती दिवस
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ साउन ६ मंगलबार
552
Shares
काठमाडौं। नेपाल तरुण दलले ३८ औ बीपी स्मृति दिवसको बाल आश्रममा मनाएको छ। बाल आश्रममा दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतका नेता कार्यकर्ताहरुले फलफुल, मास्क, स्यानीटाईजर, साबुन वितरण गरेर बीपी स्मृती दिवस मनाएका हुन् ।
बाल आश्रमलाई फलफूल तथा स्वास्थ्य सामग्री नेपाली काँग्रेस महालक्ष्मी न.पा. वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रीय सदस्य रवि थापाले उपलव्ध गराएका थिए।
नेपाली कांग्रेसको निर्देशन अनुसार देशभर कांग्रेस र कांग्रेसका भातृ र शुभेच्छुक संस्थाले ३८ औं बीपी स्मृती दिवस मनाएका हुन्।