arrow

मेगा बैंक ११औं बर्षमा प्रवेश

logo
प्रकाशित २०७७ साउन ८ बिहिबार
mega-bank-10th-anniversary.jpg

काठमाडौं। मेगा बैंक नेपाल लिमिटेड ११औं बर्षमाा प्रवेश गरेको छ। बुधबार उक्त बैंक सञ्चालनमा आएको १० बर्ष पूरा भई ११औं बर्षमा प्रवेश गरेसँगै दोस्रो दशकमा प्रवेश गरेको हो।

बुधबार एक कार्यक्रमकाबीच  बैंकको बार्षिकोत्सव मनाइएको छ। सो अवसरमा बैंकका अध्यक्ष भोजबहादुर शाहले १० बर्षको अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको बताए।

ग्राहकहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुहरुको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंक अहिलेको स्थानमा पुगेको शाहले बताए।

१० वर्षको अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिज्म डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिना मात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धी भएको अध्यक्ष शाहले बताए।

मर्जर र प्राप्तिका लागि ढोका खुल्ला नै रहेको जानकारी दिँदै उनले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा अझै जारी रहेको बताए। कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले दश बर्षको वित्तीय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यवसायिक योजनाहरुको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताइन्।

बैंकको स्थापनाकालदेखि नै बैंकका कर्मचारीहरुले अथक मेहनत गरेको भन्दै उनले व्यावसायिक सफलताका लागि योगदान पुर्याउने सबै पक्षलाई धन्यवाद व्यक्त गरिन्।

बैंक स्थापनाको १० औं बर्षलाई विशेष बर्षका रुपमा मनाउन लागिएको सिइओ खुञ्जेलीले जानकारी बताइन्। उनका अनुसार बार्षिक क्यालेन्डर बनाएर बर्षभरि नै संस्थागत सामाजिक उत्तरदायित्व लगायत अन्य विभिन्न कार्यक्रमहरु संचालन गर्ने योजना बैंकले बनाएको छ।

‘बैंकको सफलताको श्रेय अझ बढी ग्राहक र सर्वसाधारण जनतामा रहेको छ’ खुञ्जेलीले भनिन्, ‘बर्षभरि नै सरोकारवाला वर्गलाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम ल्याएर १० औं बार्षिकोत्सव मनाउने योजनामा छौं।’

१० औं बर्षको अवधिमा आइपुग्दा बैंकले आफ्नो सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८ दशमलव ३२ प्रतिशतमा कायम राख्न सफल भएको छ। यसैका कारण कोभिड १९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यावसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकहरुलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ।

यसैगरी, १० औं बार्षिकोत्सवको अवसरमा मेगा बैंकले ‘मेगा टीक बैंकिङ’ तथा ‘मेगा बजार’ जस्ता अन्यन्तै नवीनतम र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ। आधुनिकीकरण र प्रविधिकरणलाई आत्मसात गर्दै ल्याइएको यी सेवाहरुले सेवाग्राहीहरुलाई अत्याधुनिक बैंकिङ सेवाका साथै आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत गर्ने मेगा बैंकले विश्वास लिएको छ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले बितेको १० बर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि गरेको छ। देशको २८औं बाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक स्थापनकालको १० औं बर्षमा आइपुुग्दा चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा, व्यावसाय (निक्षेप तथा कर्जा) का आधारमा १२औं स्थानमा रहेको छ। २०७७ आसार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ