arrow

एसिड प्रहार भएकी युवतीले लुकाउन खोजेको घटना मोबाइलले खोलिदियो

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन ९ शुक्रबार
Acid-pic.jpeg

काठमाडौँ । राजधानीमा फेरि युवतीमाथि एसिड प्रहार भएको छ । सीतापाइलामा २२ वर्षीया युवतीमाथि एसिड प्रहार भएको हो । 

एसिड आक्रमण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आक्रमणमा परेकी पवित्रा कार्कीले कसैमाथि शंका नगरेपछि प्रहरीलाई अभियुक्त खोज्न अप्ठेरो पर्यो । 

उनले आफूसँग कसैको झगडा नभएको र रिसिइबी पनि कसैसँग नरहेको बयान प्रहरीलाई दिइन् । तर प्रहरीले पीडितको मोबाइलको कल डिटेल हेरेर घटनामा संलग्न रहेको आरोपमा दुईजनालाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

प्रहरीका अनुसार काठमाडौँको डल्लु बस्ने मोहम्मद आलमले एसिड आक्रमण हुनुभन्दा केही समयअघि पवित्राको मोबाइलमा चार दर्जन पटक फोन गरेको पाइएको छ । 

पवित्राले उक्त व्यक्तिबारे कुरा लुकाउन खोजे पनि प्रहरीले जब आलमलाई पक्राउ गर्यो तब घटना छर्लङ्गै भयो । 

आलमको बयानको आधारमा भारतीय नागरिक मुन्ना महम्मद पनि पक्राउ परेका छन् । दुवै जनाले घटनामा आफूहरुको संलग्नता स्वीकार गरेको प्रहरीले बताएको छ ।

रौतहट लक्ष्मीपुर घर भई हाल काठमाडौँको डल्लु बस्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महम्मदलाई प्रहरीले बिहीबार मध्यराति पक्रेको हो ।

एसिडले अनुहार र हातमा जलन भएको पवित्राको कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ