arrow

पालुङ–नौबिसे र पहिरो पन्छाएपछि मुग्लिन खण्ड खुल्यो

logo
प्रकाशित २०७७ साउन ९ शुक्रबार
narayanghad-mugling-pahiro.jpg

चितवन। नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ ।

 इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा शुक्रबार बिहान ४:२० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर बिहान ९:१० बजेदेखि सडक सञ्चालनमा आएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८:४५ बजे पनि पहिरो खसेको थियो । राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । 

पालुङ–नौबिसे खण्ड खुल्यो
टिस्टुङ : सडकमा खसेको पहिरो हटाएपछि गएरातिदेखि अवरुद्ध त्रिभुवन राजपथको पालुङ–नौबिसे खण्ड पुन:सञ्चालनमा आएको छ । गएराति २ बजेतिर सातघुम्तीमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो । 

एकतर्फी गाडी सञ्चालन हुने गरी पहिरो पन्छाएको प्रहरीले जनाएको छ । “अहिले चार पाङ्ग्रे गाडी चल्न दिएका छौँ, यातायात सञ्चालन भइसक्यो”, इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले भने । 

बाढीपहिरोका कारण अन्य राजमार्ग बन्द हुँदा हजारौँं सवारी साधन यही सडक भएर सञ्चालन भइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ