arrow

कांग्रेसबाट पूर्वसहमहामन्त्री गोविन्दराज जोशीसहित तीन नेता निकालिए

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
govinda-raj-joshi.jpg

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई पार्टीबाट निष्काशन गरेको छ । 

कांग्रेसको अनुशासन समितिले नेता जोशीसहित पूर्वमन्त्री पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निकालेको हो ।

पूर्वमन्त्रीसमेत रहेका जोशीलाई २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएको आरोपमा ५ वर्षका लागि पार्टीबाट निस्काशन गरिएको समितिले जनाएको छ ।

समितिले पूर्वमन्त्री एवं कैलालीका महासमिति सदस्य ओझालाई पनि ५ वर्षकै लागि पार्टीबाट निस्काशन गरेको छ ।

ओझालाई कैलालीमा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु देउवालाई चुनाव हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।

यसैगरी पार्टी सभापति देउवाकै गृहजिल्ला डडेलधुरा कांग्रेसका कार्यालय सचिव विष्टलाई पनि अनुशासन उल्लंघन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निकालिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ