arrow

कोरोना फैलिरहँदा भदौदेखि नै परीक्षा ! नेविसंघको आपत्ति 

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
nebisangh-flag.jpg

काठमाडौं । शैक्षिक संस्थामा भदौको सुरुआतदेखि नै परीक्षाको तालिका सार्वजनिक गरिएकोप्रति नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आपत्ति जनाएको छ । 

कोभिड–१९ को प्रभावका कारण लामो समयदेखि जनजीवन अफ्ठ्यारोमा परिरहेको समयमा यही श्रावण ७ गते पश्चात लकडाउन नरहेको र अबस्था सामान्य हुँदै जाने अनुमान गरिएता पनि अझ पनि संक्रमितहरू देखा परिरहेको र उच्च स्वास्थ्य सावधानी अपनाउँदै दैनिकी अगाडि बढाउनु पर्ने आवश्यकता रहेको अवस्था संगसंगै भारी बर्षाका कारण बाढिपहिरो र डुवानको समस्या आइपरेको अवस्थमा त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक संस्थाहरुले परीक्षाको तालिका सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेविसंघले जनाएको हो । 

नेविसंघ अध्यक्ष राजिब ढुंगानाले जारी गरेको प्रेस विज्ञप्तिमा ‘एकातर्फ कोरोना संक्रमणको त्रास कायमै रहेको, अर्कोतर्फ बाढीपहिरो र डुवानले जनजीवन असहज भैरहेको र भाद्र महिनाबाट मात्रै लामो दुरीका सवारीसाधन (खासगरी सार्वजनिक यातायात) खुल्ने अवस्था रहेकोले विद्यार्थीहरु तत्काल परीक्षामा सामेल हुन सक्ने अवस्था देखिदैन । परीक्षाका लागि तयारी गर्न समेत समय अपर्याप्त रहेको र शैक्षिक संस्थादेखि धेरै लामो दुरीमा रहेका विद्यार्थीहरू यावत कारणहरुले समावेश हुन बिबिध कठिनाइ विद्यमान रहेकाले ब्यावहारिक र उचित समयमा परीक्षा लिन सम्बन्धित सबैसंग हामी जोडदार माग गर्दछौं ।’

त्यसैगरी महामन्त्री युवराज पाण्डेले जस्तोसुकै परिस्थितिमा पनि विद्यार्थीहरूको शैक्षिक भविष्य सुनिश्चित गर्न र अवस्था सामान्यीकरण भएपछि परीक्षा लगायतका शैक्षिक गतिबिधि पुर्ववत रुपमा सञ्चालन गर्न जिम्मेवार सबैसंग आग्रह गरेको बताएका छन् । 

त्यस्तै अर्का महामन्त्री बलदेव तिमल्सिनाले ‘जिम्मेवारी बाट पन्छने होइन दायित्वबोधका साथ इमान्दार बनौं’ भन्दै ‘बिद्यार्थीलाई आतंकित होइन संयमित बनाउन मद्दत गरौं’ भनेका छन् । 

नेविसंघले विद्यार्थीहरूसंग पनि परीक्षा र पठनपाठनका लागि तयारी अवस्थामा रहन आह्वान गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ