arrow

नेपालगन्ज यातायात कार्यालयका कर्मचारीमा पनि भेटियो कोरोना

logo
प्रकाशित २०७७ साउन ११ आइतबार
corona-test-kit.jpg

नेपालगन्ज । नेपालगन्जमा आइतबार एकजना २२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ बस्ने उनी यातायात कार्यालय नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटर भएको बताइएको छ ।

यसअघि आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका एक जना अधिकृतमा पुष्टि भएो थियो । कोरोना भएपछि आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले कामकाज बन्द गरेको छ । शनिबार जुम्ला घर भई आन्तरिक राजश्व कार्यालय नेपालगञ्जमा कार्यरत ३३ बर्षीय अधिकृतमा कोरोना पुष्टि भएपछि कार्यालयले सूचना निकालेर आइतबार कार्यालय बन्द गरेको छ ।

यो संगै बाँकेमा ४ सय ४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २३ घण्टामा २ सय ६० नमुना परिक्षण गर्दा १ जनामा कोरोना देखिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ