arrow

थप चार जनामा डेङ्गु : २५ पुग्यो संक्रमित

logo
प्रकाशित २०७७ साउन १२ सोमबार
kalajar-mosquito.jpg

गलेश्वर । हिमाली जिल्ला म्याग्दीमा सोमबार थप चार जनामा डेङ्गु संक्रमण देखिएको छ । रुघाखोकी र ज्वरो आएपछि उपचारका लागि बेनी अस्पताल आएका मङ्गला गाउँपालिका–१ का ४१ वर्षीय पुरुष, धवलागिरि गाउँपालिका–६ ठेगाना भई हाल सिङ्गा बस्दै आएकी १९ वर्षीया युवती र बेनी नगरपालिका–४ का २५ वर्षीय पुरुषमा डेङ्गु संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी प्रकाश सुवेदीले जानकारी दिए । 

संक्रमितमध्ये दुई जना आइतबार र बेनपा–४ का २५ वर्षीय पुरुष सोमबार उपचारका लागि अस्पताल आएका थिए । सूचना अधिकारी सुवेदीका अनुसार संक्रमित बिरामीमा उच्च ज्वरो आउने, शरीर दुख्नेलगायत लक्षण देखापरेको थियो ।

 उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, आँखाको गेडी र टाउकाको पछिल्लो भाग दुख्ने शरीरमा बिमिरा आउने, हाडजोर्नी तथा मांसपेसी दुख्ने डेङ्गुका मुख्य लक्षण हुन् । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट डेङ्गु संक्रमण हुन्छ । अस्पतालको रेकर्डअनुसार हालसम्म डेङ्गु संक्रमितको संख्या २५ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ